सुनसान हुलाक, फुर्सदिला कर्मचारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

सुनसान हुलाक, फुर्सदिला कर्मचारी

hulak

काठमाडौं,१४ जेठ ।  बिहान १० बजे सुन्धारास्थित गोश्वारा हुलाक कार्यालय पुग्दा कर्मचारी आइरहेका थिए तर सेवाग्राहीको चहलपहल न्यून थियो। सेवाग्राहीको चाप कम भएकाले पनि होला, कर्मचारी फुर्सदिला देखिन्थे। उनीहरू आफ्नो कार्यकक्षमा नबसी झुन्डझुन्ड बनाएर गफमा मस्त थिए। उनीहरूको चासोे नेपाल बन्द र आइतबारको बम विस्फोटका विषयमा केन्द्रित थिए।

१६ हजार कर्मचारी !

मुलुकभर ८४२ वटा हुलाक कार्यालय छन्। ३०७४ अतिरिक्त हुलाक कार्यालय छन्। ४ वटा निर्देशनालय र ४ केन्द्रीय कार्यालय छन्। यसरी ३९९२ हुलाक कार्यालय सञ्चालनमा छन्। जसका लागि ६ हजारभन्दा निजामति कर्मचारीको दरबन्दी छ भने १० हजार अतिरिक्त हुलाक कर्मचारी कार्यरत छन्।

गोश्वारा हुलाक कार्यालय सुन्धारामा मात्रै ३६० कर्मचारीको दरबन्दी छ। विगतमा दरबन्दीअनुसार कर्मचारी संख्या नभए पनि अहिले समायोजनका कारण कर्मचारी भरिभराउ छन्।

२०५५ सालदेखि हुलाकमा कर्मचारी पदपूर्ति रोकिएको छ। जति छन्, यथावत् छन्। करारबाट कर्मचारी भर्ना गरिन्छ। ५० भन्दा बढी जिल्लामा कार्यालय अधिकृतविहीन छन्। नेतृत्व नहुँदा कर्मचारी कार्यालयमै बस्न रुचाउँदैनन् ।याे समाचार अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);