तत्काल बक्यौता असुलीको कारवाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

तत्काल बक्यौता असुलीको कारवाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन

नागरिक उड्डयन प्राधिकरण

काठमाडौं, ५ जेठ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले तत्काल बक्यौता असुलीको कारवाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । आईतबार सिंहदरबारमा बसेको समिति बैठकले यथासिघ्र बक्यौता उठाउने कारवाही अघि बढाउन निर्देशन दिएको हो ।

साथै प्राधिकरणले प्रस्तुत गरेको कार्ययोजना तदारुकताका साथ कार्यान्वयन गरी समितिमा नियमित रुपमा प्रगती विवरण बुझाउन पनि निर्देशन दिईएको छ । बैठकले बन्द भएका विदेशी कम्पनीलाई कालोसूचीमा राखी बक्यौता असुलीको कारवाही अघि बढाउन तथा विमानस्थल क्षेत्रमा सम्झौता समाप्त भएर पनि बसेका पसल, पार्किङ क्षेत्रलाई २ महिना भित्र नयाँ बोलपत्र आह्वान गरि प्रतिष्पर्धा बाट भाडामा लगाउन निर्देशन दिएको छ ।

बैठकले विमानस्थल भंसार कार्यालयबाट प्राधिकरणले उठाउन बाँकी रकमका सम्बन्धमा भने यथासिघ्र किनारा लगाउन नेपाल सरकारलाई निर्देशन दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);