काठमाडौं, २३ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जथाभावी विज्ञापन प्रसारण नगर्न संचार माध्यामहरुलाई सचेत गराउनु भएको छ । मन्त्री बास्कोटाले प्रमाणित नै नभएको मेडिसिनको समेत विज्ञापन प्रशारण भईरहेको उल्लेख गर्दै त्यसो नगर्न संचार माध्यामहरुलाई सचेत गराउनु भएको हो ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकार प्रेस स्वतन्त्रता मात्र नभई त्यसलाई मर्यादित र जवाफदेही बनाउने गरी कानुन बनाउन प्रतिवद्ध रहेको पनि बताउनु भयो । मन्त्री बास्कोटाले संचारसम्बन्धि कानुनलाई अभ्यासको आधारमा सुधार गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । मन्त्री बास्कोटाले प्रेसको सम्पादकीय स्वतन्त्रता हनन् हुन नदिन पनि सरकार सचेत रहेको बताउनु भयो।