नेपालमा लगानी भित्र्याउन स्पेनी व्यवसायीको चासो | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८३, आइतबार

नेपालमा लगानी भित्र्याउन स्पेनी व्यवसायीको चासो

bideshi lagani

म्याड्रिड, १९ बैशाख । नेपालका विभिन्न परियोजनामा लगानी बढाउन स्पेनी व्यवसायीले चासो देखाएका छन । नेपालको जलविद्युत र पूर्वाधारमा लगानी गर्न स्पेनी व्यवसायीहरु उत्साहित भएका हुन । यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेको छ।

गत चैत दोस्रो साता काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा सहभागी व्यवसायीले जलविद्युत, पूर्वाधार विकास सहित नेपालको कफी यूरोपेली बजारमा भित्र्¥याउन चासो लिएका हुन् । लगानी सम्मेलनले सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै म्याड्रिडस्थित नेपाली दुतावासका कार्यवहाक राजदूत हरिहरकान्त पौडेलले भने–‘सरकारले लगानी सुरक्षा, लगानीमैत्री कानुनको ब्यवस्था तथा प्रतिफल फिर्ता लानसक्ने व्यवस्था गरेपछि यहाँका केही व्यवसायी नेपालप्रति सकारात्मक बनेका छन् ।’

यूरोपेली मुलुकमा ऋण प्रकृया सहज रहेको र वित्तिय संस्थाले न्यून व्याजमा ऋण उपलब्ध गराउने भएकाले यहाँका व्यवसायीले नेपाललाई लगानीको नयाँ गन्तव्य बनाउन चाहेको उनको भनाई छ ।

ताजा समाचार