परिणाम देखिने गरी काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

परिणाम देखिने गरी काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन

pradhanmantri oli nirdeshan

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न सबै निकायलाई निर्देशन दिएका छन् । आइतबार बसेको गरिवी निवारण कोषको ७० औ संचालक समितिको बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिन सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न सचेत गराए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाईए सैह्य नहुने चेतावनी पनि दिए । कोषका अध्यक्षसमेत रहेका उनले गरिवी निवारणको क्षेत्रमा गरेका कामको मूल्यांकन गरेर मात्रै गरिवी निवारण कोषको लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्ने बताएको कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले जानकारी दिए ।

गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ ।

गरिवी निवारणसँग सम्बन्धित हाल ३२ हजार संस्थाहरु रहेका छन । उनीहरुको संचालन र त्यसमा रहेको कोषको परिचालन पनि स्थानीय तहले नै गर्ने कोषले निर्णय लिएको गरिवी निवारण कोषले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);