सगरमाथाको दृष्य क्यानडामा प्रत्यक्ष | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

सगरमाथाको दृष्य क्यानडामा प्रत्यक्ष

sagarmatha

काठमाडौं, २३ चैत । नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत नादिर पटेल एभरेस्ट बेसक्याम्पसम्म ट्रेकिङ गर्न लुक्ला प्रस्थान गरेका छन्। दिल्लीबाट काठमाडौं उत्रेका उनी शुक्रबार बिहान लुक्लातर्फ लागेका हुन्। लुक्लाबाट आधारशिविरसम्म ट्रेकिङ गर्ने सोचका साथ उनी त्यसतर्फ लागेका हुन्। विश्वकै अग्लो शिखरको काखमा दुई साता बिताउने र त्यो दृष्य क्यानडा पु¥याउने उनले बताए।

‘कैयन कूटनीतिक वार्ताभन्दा नेपाल भ्रमण वर्ष २०२० को लागि यो काइदा उपयोगी रहने मेरो विश्वास छ’, अन्नपूर्णसँग सक्षिप्त कुरा गर्दै उनले भने, ‘मलाई नेपाल मनपर्छ। त्यसैले म आइरहन्छु। मेरो परिवार पनि नेपालको कुरा सुन्दा उत्साहित हुन्छन्।’

नेपाल भ्रमण वर्ष २०२० को प्रचार हुने गरी आफू त्यस क्षेत्रमा ट्रेक गर्न लागेको उनले यसअघि पत्रकार सम्मेलन गरेर बताएका थिए। ट्रेकिङ रुटमा क्यानेडियन सहयोगमा बनेका योजनाको विविध जानकारी लिने उद्देश्य पनि रहेको उनले स्पष्ट पारे। ‘सानो टिमसहित म त्यसतर्फ जान लागेको छु’, राजदूतले भने, ‘सन् २०१२ मा मेरी श्रीमतीले त्यस क्षेत्रमा ट्रेकिङ गर्दा सुनाएको अनुभवले मलाई त्यसतर्फ तानेको हो।’

उनका अनुसार नेपाल र क्यानडाबीच दशकौंदेखि घनिष्ठ सम्बन्ध रहेको र सगरमाथा जाने रुटमा क्यानडाले धेरै ऐतिहासिक र साँस्कृतिक सम्पदा निर्माणमा सघाएको छ। उनले भने, ‘हामी हिड्ने क्रममा ती सम्पदाको छोटाछोटा दृष्य कैद गर्ने र त्यो क्लिपको क्यानडामा प्रदर्शन गर्नेछौं। कतिपय सञ्चारमाध्यमले त्यसलाई लिइरहेका हुनेछन्। त्यसका अलावा सामाजिक सञ्जालमा पनि त्यो भिडियो राख्नेछौं।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।