सेनालाई १ अर्बका हरियार किनिने | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

सेनालाई १ अर्बका हरियार किनिने

sena

काठमाडौं, १५ फागुन । सरकारले सेनाका लागि १ अर्ब रुपैयाँको हतियार किन्ने भएको छ । एम १६ राइफल, गोलीगठ्ठा लगायत खरिद गर्न लागिएको रक्षा मन्त्रालयले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

‘सेनालाई स्रोत साधन सम्पन्न बनाउन लागिपरेका छौँ, एक वर्षमा गरेका कामबारे जानकारी दिँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने, ‘सेना राख्ने हो भने हतियार त चाहियो नि ।’ तर, सार्वजनिक खरिद ऐन बाधक रहेको उनले सुनाए । ‘हाम्रो ऐन तथा नियमावलीले एकै चोटी भुक्तानी गर्न दिँदैन, उनले भने, ‘अमेरिकासँग जी टु जी सम्झौता गरेपछि एकै पटक पाउनुपर्छ भन्ने हो ।’ ऐन संशोधनको तयारी रहेको उनले सुनाए ।

अमेरिकाले सन् २००२ देखि चारवटा ‘स्काई ट्रक’ अनुदानमा उपलब्ध गराउने बताउँदै आएको छ । तर, अझै आएको छैन । अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार काठमाडौँमा जति सक्दो छिटो पठाउने तयारी रहेका बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);