साढे दुई करोड धरौटीमा छुटे निगमका पूर्वकार्यकारी निर्देशक खड्का | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

साढे दुई करोड धरौटीमा छुटे निगमका पूर्वकार्यकारी निर्देशक खड्का

Gopal biruddha mudda

काठमाडौं, १ फागुन । गैरकानुनी सम्पत्ति आर्जनको आरोप खेपेका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का साढे २ करोड रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन् । खड्कासँग विशेष अदालतले साढे २ करोड रुपैयाँ धरौटी मागेको हो ।

मङ्गलबार विशेष अदालतमा हाजिर भएका खड्कासँग अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले साढे २ करोड रुपैयाँ माग गरेको थियो। अख्तियारले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाएको थियो।

अख्तियारको आरोपपत्र अनुसार खड्काले ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँमात्रै वैध रूपमा आर्जन गरेकोमा उनीमाथि अनुसन्धान हुँदा २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ सम्पत्ति जोडेको भेटिएको थियो।

पछिल्लो ६ वर्षको अवधिमा ७ करोड ४४ लाख आर्जन गरेका गोपालले त्यसअघि इन्जिनियरको सेवा सुरु गरेदेखि सडक विभागको सुपरिटेन्डेन्ट इन्जिनियर(उपसचिव स्तर)बाट अवकाश हुँदासम्म एक करोड २० लाख आर्जन गरेका थिए। उनी पछिल्लो समय आयल निगमको कार्यकारी निर्देशक थिए भने त्यही समयमा जग्गा खरिद अनियमिततामा मुछिएका थिए।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);