काठमाडौं, १६ माघ । छारे रोग मानिसमा लाग्ने एक किसिमको मानसिक रोग हो । यो रोगलाई मृगि, चन्डिफाउ, फकडे,रिङ्ने, आदि विभिन्न नामहरु दिने गरेको पाईन्छ । प्राय कमजोर मुटु भएका मानिसहरुमा छारे रोगको सम्भावन बढि हुने गरेको छ । विशेषत दिमागमा हुने न्युरो टासमिटर असन्तुलित भएमा स्नायु सम्बन्धि एक प्रकारको बेहोस हुने रोगमा पनि यो परिचित छ । सबै बेहोस हुने रोग छारे रोग चाहि हुँदैन । दिमाग विकासको क्रम वा बनावटमा केहि अप्ठ्यारो छ भने देखि यो रोग लाग्न सक्छ यो रोगलाई ईपिलेप्सि पनि भनिन्छ ।
सामान्य जनस्तरमा हात काँप्यो, आँखा फर्कियो र मुख बाङ्गियो ईत्यादि भयो भने छारे रोग लाग्यो भन्न्ने चलन छ । तर, यति मात्र छारे लक्षण भने होईनन् । हिड्द हिड्दै अचेत हुने र पुर्णवत् अवस्थामा फर्किनु छारे रोगका कारणहरु हुन सक्छ । यस्तो अवस्थामा तत्काल परिवारका सदस्यलाई खबर गर्ने र छरे रोगका लक्षण देखिएका बिरामीले आफ्नो परिचयपत्र बोक्न अनिवार्य भएको चिकित्सकहरुको सुझाव छ । छारे रोग बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले उपप्राध्यापक कन्सल्टेन्ट तथा नसा रोग विशेषज्ञ त्रि. वि. शिक्षश डाक्टर रागेश कर्ण संग गरेकाे भिडियाे हेर्नुहोस्:




