कमिसनको शिकार बन्दै झापाको चिया विकास निगम (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

कमिसनको शिकार बन्दै झापाको चिया विकास निगम (भिडियोसहित)

काठमाडौं, ९ माघ । सरकारले बिगतमा निजि क्षेत्रलाई सुम्पिएको कतिपय सरकारी व्यवसायिक प्रतिष्ठानहरु डुब्दै आएको कुरा नौलो होइन । बिराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना लगायतका ठूला वयवसायिक प्रतिष्ठानको तालाचाबी सरकारले जब निजि क्षेत्रलाई जिम्मा लगायो तब तत्काल चालु रहेका यस्ता उद्योग कलकारखाना बन्द भए ।

त्यसबाट करोडौं सरकारी लगानी डुब्यो भने हजारौंको रोजगारी खोसियो । सरकारी सम्पत्ती निजी क्षेत्रलाई सुम्पिने कार्यले केही राजनीतिक दलका नेता र केही व्यापारी मोटाउने भन्दा अरु केही उपलब्धि भएन ।

अहिले त्यस्तै कमिसनको शिकार भएको प्रतिष्ठान हो झापाको नेपाल चिया विकास निगम । सरकारले २०५७ सालमा ५० बर्षका लागि सुवास संघाइ ग्रुपलाई ठेक्कामा लगाएको निगमका कर्मचारी कहिले विद्युतको बिलमा लाखौँ रुपैयाँ कमिसन खाएर त कहिले बगान क्षेत्रभित्रका हरिया रुख सुकेको दाउरा भन्दै बिक्री गरेर बिवादमा तानिदै आएका छन् ।

त्यस्तै अहिले पनि झापाको बुद्धशान्ति गाउपालिका वडा नम्बर ४ बर्नेमा रहेको चियाकमान हाताभित्रका हरिया रुख दाउराको कागजपत्र बनाएर बिक्री गरेपछी निगम र त्यहाका कर्मचारी बिवादमा तानिएका छन् । थप जानकारीका लागि भिडियो हेर्नुहोस्>>>

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);