यो रोगबाट पीडित हुँदा सम्बन्ध बिच्छेद हुने गर्दछ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

यो रोगबाट पीडित हुँदा सम्बन्ध बिच्छेद हुने गर्दछ (भिडियोसहित)

sleeping-probles

काठमाडौं, १९ पुस । हिजो आज मानिसमा घुर्ने समस्या बढि मात्रामा देखिन थालेको छ । घुर्नुलाई स्वस्थ समस्याको रुपमा पनि लिन सकिन्छ ।पछिल्लो समय विज्ञान प्रविधिको तीव्र विकास र विस्तार भ ईरहेको छ । त्यसको प्रभाव सम्पुर्ण क्षेत्रमा परेको छ ।स्वाभाविक रुपमा स्वस्थ क्षेत्रमा पनि त्यसले प्रभाबित पारेको छ । स्वस्थ क्षेत्रमा अत्याधिक प्रविधि ज्ञान , चेतना र क्षमता विकास हुदाँहुदैँ पनि केहि स्वस्थ सम्बन्धी विषयका बारेमा भने आमाझै पनि अनविज्ञ नै देखिन्छन् ।

मानिस अनविज्ञ भएको स्वस्थ समस्या एक घुर्ने समस्या हो । जसलाई चिकित्सकिय भाषामा स्लिप डिस् अर्डर भनिन्छ । घुर्ने समस्या आफैमा एक रोग नभएर स्वस्थ समस्या मात्र हो । तर, यस समस्याले निम्त्याउने रोगहरु भने अत्यन्त नै खतरनाक र घातक हुने गरेको पाईन्छ । जसको अन्दाज सामान्य मानिसले गर्न सकेका छैनन् । मानिस निदाई रहेको बेलामा हुने यो घुर्ने समस्या कस्तो समस्या हो ? के कारणले यो हुने गर्दछ ? यसका लक्षणहरु के-के हुन् ? यसलाई निको कसरी गर्न सकिन्छ तथा बच्न सकिन्छ ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले दन्त रोग विशेषज्ञ डाक्टर पराक्रम पराजुली संग गरेकाे भिडियाे हेर्नुहोस्: