निर्मला हत्या प्रकरणः प्रदीपविरुद्ध प्रमाण खोज्दै प्रहरी | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

निर्मला हत्या प्रकरणः प्रदीपविरुद्ध प्रमाण खोज्दै प्रहरी

nirmala kanda

काठमाडौं, ५ पुस । निर्मला पन्तको हत्यामा आरोप स्विकारेको भनिएको भीमदत्त पन्त नगरपालिका १८ का प्रदीप रावललको डिएनए नमिलेपछि प्रहरी उनलाई नै दोषी ठहर गर्न अरु प्रमाण जुटाउन लागेको छ ।

प्रदीपसँगै पक्राउ परेका बिशाल चौधरीको डिएनएको रिपोर्ट भने प्रहरीले अझै सार्वजनिक गरेको छ्रैन ।

स्रोतका अनुसार रिपोर्ट जिल्लामा आईसकेको छ तर अझै दुईतीन दिन सार्वजनिक नगर्ने सोच प्रहरीको छ ।

प्रहरीको जिल्ला नेतृत्वले रिपोर्ट आई नै नपुगेको दाबी गरेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।