नेपाली कांग्रेस विवादमा सहमति जुट्यो, कार्यसमिति १ सय ६१ सदस्यीय वनाउने, पदाधिकारी थप्दै | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

नेपाली कांग्रेस विवादमा सहमति जुट्यो, कार्यसमिति १ सय ६१ सदस्यीय वनाउने, पदाधिकारी थप्दै

nepali congress

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको विधानमा देखिएको विवादमा अनौपचारिक सहमति जुटेको छ । विधान संशोधन मस्यौदा समितिका प्रवक्तासमेत रहेका नेता रमेश लेखकका अनुसार दुवै पक्षको सहमतिअनुसार अब कांग्रेसमा ८ पदाधिकारी रहनेछन् ।

त्यसमा कोषाध्यक्ष सभापतिले मनोनीत गर्न पाउनेछन् भने बाँकी सबै पदमा निर्वाचन हुनेछ । कांग्रेसमा अब सभापति, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री २ र कोषाध्यक्ष रहनेछन् । यसअघि कांग्रेसका शीर्ष नेताहरुबीच देखिएको विवादका कारण महासमिति बैठक अलमलमा परेको थियो ।

शीर्ष नेताहरुबीच भएको सहमति केन्द्रीय समितिको बैठकले पारित गरेर महासमिति बैठकमा अनुमोदनका लागि लगिनेछ । त्यस्तै कांग्रेस कार्यसमिति १ सय ६१ सदस्यीय हुनेछ । केन्द्रीय समितिको बैठक बुधबार बसेर शीर्ष नेताबीच भएको सहमतिअनुसार निर्णय गर्ने तयारी भएको कांग्रेस नेताहरुले जनाएका छन् ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);