मलेसिया उड्न लागेका २९ जनालाई विमानस्थलबाटै फर्काइए | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

मलेसिया उड्न लागेका २९ जनालाई विमानस्थलबाटै फर्काइए

baideshik rojgar

काठमाडौं, २ पुस । कामदार भिसामा मलेसिया उड्न लागेका २९ जनालाई शुक्रबार विमानस्थल अध्यागमनले फिर्ता पठाईदिएको छ ।

श्रम स्वीकृति नलिइ गएका उनीहरुलाई अध्यागमनले नाम, पासपोर्ट नम्बरसहितको विवरण इन्ट्री नगरी फर्र्काको हो ।

वैधानिक कागजात नपुर्याई विदेश उड्न खोज्नेलाई अध्यागमनले विवरण इन्ट्री गरेर फर्काउनुपर्ने नियम छ ।

मलेसियाका लागि औंठाछाप लगाएको प्रक्रिया गर्ने कम्पनी भीएलएलनविरुद्ध कानुनी कारबाही थालिएयता कामदार भिसामा मलेसिया जान सरकारले रोकेको छ ।

मलेसिया कामदार भिसासहितको पासपोर्ट लिएर गएका चार जनालाई बिहीबार पनि अध्यागमनले फर्काईदिएको थियो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);