कांग्रेस महासमिति बैठकमा कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

कांग्रेस महासमिति बैठकमा कसले के भने ?

congress Mahasamiti meeting

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेताहरुले पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा जोड दिएका छन् । शनिवारदेखी राजधानीमा शुरु भएको महासमिति बैठकमा बोल्ने अधिकांस नेताहरुले पार्टी भित्रको गुट उपगुट अन्त्य गर्नु पर्ने आवाज समेत उठाएका छन् ।

कांग्रेस भित्र नेताहरुमा एक अर्कालाई हेर्ने शत्रुवत व्यवहारले निर्वाचनमा पराज भोग्नु परेको भन्दै त्यसबाट पाठ सिकेर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् ।

शनिबारदेखि काठमाडाैंमा सुरु भएको महासमिति बैठकको उद्घाटन सत्रमा बोल्ने नेताहरुले महासमिति बैठकले कांग्रेस एक भएको शन्देस प्रवाह गर्नु पर्नेमा जोड दिए । बैठकमा बोल्दै महामन्त्री शशांक कोइरालाले पार्टीलाई सक्षम, सुदृढ र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

कसले के भने ?

कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले महासमिति बैठकले जनअपेक्षालाई सम्बोधन हुने गरि एकताको सन्देश सहितको देश बनाउने प्रतिवद्धताको सन्देश दिन सक्नुपर्ने बताए । उनले बैठकले दिने सन्देशबारे मुलुकभर चाँसो भएको भन्दै महासमितिले सबै क्षेत्र, वर्ग र सरोकारलाई सम्बोधन गर्न सक्नुपर्ने उल्लेख गरे ।

कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले नेताहरुले आ आफुलाई शत्रु देख्ने प्रवृत्तिले कांग्रेसले पराजय भोग्नु परेको भन्दै सो प्रवृतिको अन्त्य गरिनुपर्नेमा जोड दिए । एक अर्कालाई शत्रु देख्ने प्रवृतिको अन्त्य भएपछि कांग्रेस ठुलो पार्टीको रुपमा बाहिर आउने र सरकारको नेतृत्व गर्ने दाबी गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले महासमिति बैठकले पार्टीलाई गुट उपगुटबाट माथि उठाउन सक्नुपर्ने उल्लेख गरे । केसीले गुटउपगुटको अन्त्य नभएसम्म कम्युनिष्टसंग लड्न नसकिने भन्दै विगतमा भएका गल्तीबारे विना पुर्वाग्रह समिक्षा गरिनुपर्ने बताए ।

त्यसै गरी पार्टी नेता डाक्टर रामशरण महतले प्रतिपक्षी दलको भुमिकामा पनि विगतको तुलनामा कांग्रेस निकै कमजोर अवस्थामा आईपुगेको भन्दै आत्मसमिक्षा सहित विगतको गल्ती सच्याएर पार्टीलाई एकढिक्का बनाएर लैजान सक्नुपर्ने बताए ।

बैठकमा नेपाली कांग्रेसका पुर्व महामन्त्री तारानाथ रानाभाटले नेपाली कांग्रेसको वर्तमान अवस्थाको कारण खोज्नुपर्ने अवस्था श्रृजना भएको भन्दै त्यसतर्फ नेतृत्वको ध्यानाकर्षण गराए ।

महासमिति बैठकमा बोल्ने अधिकांस नेताहरुले कांग्रेस कमजोर बन्दै गएको प्रति समिक्षा गर्नु पर्ने भन्दै नेतृत्वको आलोचना गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);