एयरबस भन्छ- वाइडबडी 'भाडामा' | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

एयरबस भन्छ- वाइडबडी ‘भाडामा’

nepal airlines

काठमाडौं, २६ कात्तिक । विमान निर्माता एयरबसले २८ जुन २०१८ मा एउटा विज्ञप्ति निकाल्यो। नेपाललाई पहिलो वाइड बडी विमान हस्तान्तरण गरिएको दिन थियो त्यो। विज्ञप्तिमा भनिएको छ, ‘नेपाल एयरलाइन्सले पहिलो ए३३० वाइड बडी जेटलाइनर बुझेको छ, जुन पोर्चुगलको लिजर (भाडामा लगाउने) हाई फ्लाईले भाडामा दिने दुइटामध्ये एउटा विमान हो।’

उक्त विज्ञप्ति एयरबसको वेब साइटमा अझै देख्न सकिन्छ। हेर्न यो लिंकमा जानुहोस्–

https://www.airbus.com/newsroom/press-releases/en/2018/06/nepal-airlines-takes-delivery-of-its-first-widebody-aircraft–an.html

यससँगै प्रश्न उब्जिएको छ– नेपाल एयरलाइन्सले ल्याएका दुई वाइड बडी किनिएकै हुन् त ? एयरबसले भने हाई फ्ल्याईलाई विमान बिक्री गरेको पाइएको छ। हाई फ्लाईले नेपाल एयरलाइन्सलाई बिक्री गरेको प्रमाण भने कतै भेटिँदैन। त्यो भाडामा लगाउने मात्र कम्पनी रहेको पुष्टि भएको छ। उसैले आफ्नो प्रोफाइलमा परिचय यसरी दिएको छ, ‘हाई फ्लाई वाइड बडी विमान भाडामा दिने विशेषज्ञतासहितको विश्वव्यापी अग्रणी कम्पनी हो।

याे खबर अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा छापिएकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);