गृहमन्त्री कार्टुन भए, नेकपाको एकता २ बर्ष पनि टिक्दैन : भरत दाहाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

गृहमन्त्री कार्टुन भए, नेकपाको एकता २ बर्ष पनि टिक्दैन : भरत दाहाल (भिडियोसहित)

bharat dahal-sep5

काठमाडौं, २० भदौ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । सरकारले गरेका काम र क्रियाकलापको बारेमा विभिन्न खालका टिप्पणीहरु हुन थालेका छन् । गत बर्षनै तयार भएको मुलुकी ऐन संशोधन गरेर बनेको देवानी तथा फौजदारी संहिताको बारेमा विभिन्न क्षेत्रहरु उद्वेलित भईरहेको छ । डाक्टरहरु र पत्रकारहरु उतिकै आन्दोलित भएका छन् । अन्य क्षेत्र र वर्गहरु पनि क्रमश उक्त संहिताको बारेमा आफ्नो मत र विचार प्रकट गरिरहेका छन् । सरकारको आफ्नै खालको पिरलो रहेको छ । भर्खर बिमिस्टेकको सम्मेलन सकिएको छ । र त्यस मार्फत उसले बिमिस्टेकका सदस्य राष्ट्रहरुसँग संयुक्त सैन्य अभ्यास गर्ने निर्णय गर्यो जुन अहिले विवादित बनेको छ । सत्ता पक्षकै नेता सांसदहरुले यो विषय देश हितमा छैन भनेर प्रस्न उठाईरहेका छन् । त्यो संगै सरकारले गरेका कामहरु माथि पनि प्रस्न उठेको छ । दुई तिहाईको बलियो सरकार छ । तर, बलियो सरकारले काम चाही गतिलो गर्न सकेन भनेर जोड तोडले आलोचना भईरहेको छ । यो खालको अलमल, आलोचना र टिप्पणीले हामीलाई कता पुर्याउँछ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक भरत दाहालसँग गरेको कुराकानी हेर्नुहोस् : 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);