अमेरिकामा लरी र बस ठोक्किँदा ८ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

अमेरिकामा लरी र बस ठोक्किँदा ८ को मृत्यु

bus-truck accident in US

एजेन्सी, १६ भदौ । अमेरिकाको न्यू मेक्सिकोमा लरी र बस ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । न्यू मेक्सिकोको थोरेउ बजारमा ४९ जना यात्रु चढेको बस र लरी ठोक्किएको हो ।

लरीको एउटा टायर फुत्किएपछि दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी लरीका चालक घाइते भएका छन् ।

यसैबीच दुर्घटनामा घाइते भएकी एक गर्भवती महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । दुर्घटना लगत्तै अस्पताल लगिएकी उनले जुम्ल्याहा शिशु जन्माएको अमेरिकी अधिकारीहरुले बताएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);