काठमाडौं, ४ भदौ । काठमाडौं, ३ भदौ । पूर्व राजदुत केशव झाको काठमाडौंको थापाथलीस्थित आफ्नै घरमा सोमबार बिहान हत्या गरिएको छ । ८० वर्षीय पूर्व राजदुत झा सोमबार विहान थापाथलीस्थित उनकै निवासमा मृत अवस्थामा भेटिएका छन् । उनी फ्रान्सका लागि नेपालका राजदुत भएका थिए ।
यसैबीच, उनको शवलाई पोष्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पु¥याइएको छ । प्रहरीले घटनास्थलको अनुसन्धान गरेको छ । अनुसन्धानका क्रममा पूर्व राजदुत झाको घरका सहयोगी २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्या गरिएका पूर्व राजदुत झाको टाउँकोमा चोट देखिएको छ । झासँगै घरमा श्रीमति र दुई कामदार बस्दै आएका थिए ।
अनुसन्धानका लागि घटनास्थल पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल रहेर काम गरेका झा फ्रान्सको राजदुत भएसँगै सहसचिव पदबाट सेवा निवृत्त भएका थिए । उनले विश्व सम्बन्ध परिषदको अध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए ।




