काठमाडौं, ४ भदौ । प्रधानमन्त्री केपि शर्मा ओलीले शासन गरेको पाचँ महिना पुगिसकेको रहेछ ।उनले पाँच महिना पुगिसकेपछि झन्डै सत्तरी पेज भन्दा लामो एउटा कार्य प्रगति बिवरण सार्वजनिक गरेका छन् ।
सामान्यतया पाँच महिना सरकारको अवधि पुगेपछि यस खालको प्रतिवेदन सार्वजनिक गरेको पुरानो रेकर्ड भेटिएको छैन् । तर प्रधानमन्त्री केपि ओलीले यसपटक त्यो सार्वजनिक गरेका छन् । त्यसपछि प्रश्न उठेको छ न सय दिन पुग्दा न वर्ष दिन पुग्दा खेरि दुवैलाई छाडेर पाँचै महिनामा हामीले यति काम गर्यौ भनेर रिर्पोट सार्वजनिक किन गर्नुपरेको होला भनेर एउटा प्रश्न खडा भएको छ । त्यो प्रश्न खडा भईरहदा खेरि तिन तहको सरकार त्यसमध्येको तल्लो तह स्थानिय तहले जव कर निर्धारण गर्न थाल्यो र त्योे करको बारेमा आम जनता जानकार हुन थाले बिरगन्जबाट जुलुस नै निस्कियो बिराटनगरले आफुले लगाएको कर हामी फिर्ता नै गर्छौ भनेर केहि हदसम्म फिर्ता नै गर्नुपर्यो ।
अरुले पनि हामी समायोजन गर्छौ भनेर भन्नुपरेको अवस्था छ । कर कस्तो लगाए भन्दा बेसार र नुन बेच्दा कर लाग्छ भनेर कर लगाए । करको कुरा अब संघियता सँग जोडिएको छ । र धेरै यस मामिलामा जानकार मानिसहरुले पनि यो संघियता अब टिक्दैन भनेर कसैले धारे हात लगाउने , कसैले टिप्पणी गर्ने , कसैले बिमर्स गर्ने तहसम्मका कामहरु गर्न थालेका छन् । प्रधानमन्त्री केपि शर्मा ओली साशकिय पद्दति संघियता माथी उठेको प्रश्नको बारेमा बिबेचना गर्नेछौ । खरो प्रश्नको प्रस्तोता प्रकाश गिरीको बामपन्थी बुद्दिजिवी युग पाठक सँगको कुराकानी भिडियोको लागि तल क्लिक गर्नुहोला ।