प्रकोपका कारण सिन्धुलीमा अलैंची मासिँदै  | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

सिन्धुली, ६ भदौ । विभिन्न रोग तथा कीराको प्रकोपका कारण सिन्धुलीमा अलैंची मासिँदै गएको छ ।

 

सिन्धुलीको जलकन्या, रतनचुरा, तिनकन्या, भद्रकाली, आमबोटे, लाम्पानटार, जिनाखु, महादेबडाँडा लगायतका स्थानमा हावापानी अनुकूल भए पनि नयाँ बिरुवाले प्रतिस्थापन नगर्दा अलैंची मासिँदै गएको हो । दुई दशकदेखि एउटै बिरुवा लगाएका कारण बर्सेनि ३० प्रतिशतका दरले उत्पादनमा ह्रास आउँदै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हाल सिन्धुलमा साढे ६ हेक्टरमा अलैंचीखेती गरिएको छ । व्यावसायिक र पकेट क्षेत्रकै रुपमा अलैंचीखेती नभए पनि डेढ सयभन्दा बढी कृषकले अलैंचीखेती गरेको बाली संरक्षण अधिकृत देवेन्द्र साहूले बताएका छन् ।

 

सिन्धुलमा रामसाही, गोलसाही, डम्बरसाही र साउने जातका अलैंची लगाइएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);