धोबीखोलामा आधुनीक प्रविधिमा आधारीत पुल निर्माण गरिँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

धोबीखोलामा आधुनीक प्रविधिमा आधारीत पुल निर्माण गरिँदै

काठमाडौं, २६ साउन । काठमाडौंको बिजुलीबजारस्थित धोबीखोलामा आधुनीक प्रविधिमा आधारीत पुल निर्माण गरिँदै छ । पुल तथा अन्य भौतिक संरचना निर्माण गर्दा आधुनिक प्रविधिको प्रयोग गर्दै आकर्षक बनाउने सरकारको नीति अनुसार धोविखोलामा नेटवर्क आर्क ब्रिज बनाउन लागिएको हो । बंगलादेशी प्रविधिमा निर्माणाधिन यो पुल असोजबाट सञ्चालनमा आउने जनाइएको छ ।

बढ्दो सवारीचापसँगै अहिले काठमाडौंका विभिन्न क्षेत्रमा सडकविस्तार र पुल निर्माण गरिँदै छ । सरकारले नयाँ बन्ने पुल लगायतका भैतिक संरचना निर्माण गर्दा आकर्षक र आधुनिक प्रविधिलाई प्राथमिकता दिने नीति लिएको छ । सोही अनुरुप काठमाडौंको बिजुलीबाजार स्थित धोबी खोलामा नेपालकै नमुना पुल बन्दै छ ।

बंगलादेशी प्रविधिमा आधारीत उक्त नेटवर्क आर्क ब्रिजमा आरसीसी पिलर रहनेछैन । ५१ मिटर लम्बाइ र १६ दशमलव ४० मिटर चैडाइ भएको उक्त पुलको भार पिलरले नभइ आर्कले थेग्ने छ । नयाँ प्रविधि भएकाले काम गर्न केही कठिनाइ भएको निर्माण कम्पनीको भनाइ छ ।

विकशित मुलुकमा देखिने यस्तो प्रविधिको पुल नेपालमा पहिलो पटक बनाउन लागिएकाले बंगलादेश र भारतबाट विज्ञ झिकाएर नेपाल, भारत र बंगलादेशको विज्ञको सहयोगमा पुल निर्माण भइरहेको छ ।

वारपार पिलर नहुने र राम्रो देखियोस भनेर यस्तो पुल निर्माण गरीएको सडक बिस्तार आयोजनाको भनाइ छ । १३ करोड १३ लाख ८५ हजार रुपैयाँमा निर्माण हुने यो पुल धोविखोलामा भएको पुलको दायाँबायाँ २ वटा बन्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);