समाजमा किन बढ्दै छन् महिला हिंसा र बलात्कारका घटना ? | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

समाजमा किन बढ्दै छन् महिला हिंसा र बलात्कारका घटना ?

rape

तेजना पण्डित
काठमाडौं, १८ साउन । पुरुष मनमा देखिने मनोरोगका कारण पछिल्लो समय महिला हिंसा र बलात्कारका घटना बढीरहेका छन् ।

बलात्कार र महिला हिंसाका घटनाहरु दिनानुदिन बढ्दै जाँदा समाजको विकृत रुप उजारग हुन थालेको छ । मनोविद्हरुले भने यस्ता घटना बढ्नुका कारण पत्ता लगाउन अनुसन्धान थाल्नुपर्नेमा जोड दिएका छन् ।

सभ्य समाज, अनुसाशित नागरिक र व्यवस्थीत सभ्यता समाज विकासका आधार हुन् । तर, पछिल्लो समय समाज विकृत बन्दै जाँदा सभ्य समाज र मर्यादित पुरुषमाथि नै प्रश्न चिन्ह उठ्न थालेको छ ।

बढ्दो बेरोजगारी, मादक पदार्थको खुल्ला बजारकिरण र विविध कारणले मनोरोगका समस्या बढ्दै जाँदा पछिल्लो समय बलात्कार जन्य घटनाहरु बढीरहेका छन् र यसले समाजमा कसैले कसैलाई विश्वास गर्न नसकिने अवस्था पैदा भएको छ।

प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांक अनुसार बलात्कारका घटनामा उल्लेख्य बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा जबरजस्ती करणिका ११ सय ३७ उजुरी परेकोमा यो आर्थिक वर्षमा ३ सय ४३ ले बढेर १४ सय ८० उजुरी परेका छन्।

यो त प्रहरी समक्ष आइपुगेका उजुरी मात्रै भए । कतिपय घटना समाजले र कतिपय घटना आर्थिक प्रलोभनमा पारेर पिडकले नै गुपचुप पार्ने गरेका समाचारहरु पनि बेला बेलामा आउने गरेका छन् ।

यसले यो तथ्यांक डरलाग्दो अवस्थामा पुगेको अनुमान गर्न सकिन्छ । दुई वर्षकी अबोध बालिकादेखि जीवनको उत्तराद्र्धमा पुगेका ८० वर्षीया बयोबृद्धासम्म यौन पिपाशुको शिकार बन्ने गरेका छन् ।

गतसाता कैलालीमा एक बालिकाले सामुहीक बलात्कार पश्चात् अकालमै ज्यान गुमाउनुपर्यो । जीवनको सुनौलो सपना बोकेर साथीको घरमा पढ्न गएकी ती बालिका कहिल्यै नफकर्नेगरी अपराधीको शिकार बनिन् । किन यसरी नेपालमा यौनजन्य अपराधहरु बढीरहेका छन् त ? यो अनुसन्धानको विषय बनेको छ ।

महिलामाथि हुने यौनजन्य अपराध, बलात्कार, हिंसा जस्ता जघन्य अपराध हुनुमा नकारात्मक सोंच, मादक पदार्थको अधिक सेबन, यौनलत लगायतका कारणहरु देखिएका छन् । अझ आफुभन्दा सानो उमेर समुह, समुदायका बालबालीकालाई प्रयोग गर्ने प्रवृत्ति समेत देखिएको छ।

यस्ता घटनाबाट अत्तालिएका सर्वसाधारण समतामुलक समाजको पर्खाइमा छन् । यस्ता सामाजिक मान्यता विपरितका गतिविधि र अपराध गर्नेलाई दिइने कारबाही प्रक्रिया कमजोर भएको भन्दै कानुन संशोधन गरेर कडा कारबाहीको व्यवस्था गरिनुपर्नेमा सर्वसाधारणको जोड छ ।

आम साधारणले कारबाही प्रक्रियालाई कडा बनाउनुपर्ने आवाज उठाइरहँदा सरकारी संयन्त्रको कमजोरी र कानुनी छिद्रताको फाइदा उठाउँदै यस्ता अपराधीहरुले भने उन्मुक्ति पाइरहेका उदाहरणहरु पनि छन् ।

यौनजन्य अपराध न्युनिकरणका लागि मानसीक अस्वस्थता रहेका व्यक्ति र एक पटक यौनजन्य अपराधमा फसेका व्यक्तिलाई पुनस्थापना केन्द्रमा राखेर उपचार गर्नुपर्ने र आम जनताका बीचमा चेतनामुलक शिक्षाको व्यवस्था तत्काल गरिनुपर्ने मनोविद्को तर्क छ । पछिल्लो समय देशका विभिन्न स्थानमा भैरहेका महिला हिंसा र बलात्कारका घटनाले पुरै देश लज्जित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);