काठमाडौं, २५ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पत्रकारहरुलाई तोकिएको न्यूनतम पारिश्रमिक लागू गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेता पाण्डेले पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराउन बनाइएको ऐन कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ बजेट र संचार क्षेत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारहरुलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।
नेता पाण्डेले जनताको सही सूचना पाउने अधिकारलाई हनन् हुन नदिन पनि पत्रकारहरुले जीविका चलाउन पुग्ने पारिश्रमिक पाउनुपर्ने बताए ।