काठमाडौं, १६ जेठ । अमेरिकाले इरान र भेनेजुएलामाथि लगाएको प्रतिबन्धको बेवास्ता गर्दै भारतले ती मुलुकसँगको व्यापारिक कारोबारलाई निरन्तरता दिने भएको छ ।
अमेरिकाले ती दुवै देशविरुद्ध नाकाबन्दी लगाउँदै आएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यही महिना इरानसँगको आणविक सम्झौता नमान्ने भन्दै इरानविरुद्ध सन् २०१५ को सम्झौतापूर्व लगाइएका प्रतिबन्धलाई पुनः कार्यान्वयनमा लान निर्देशन दिएका थिए । वासिङटनले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो नयाँ कार्यकालका लागि पुनः निर्वाचित भएसँगै भेनेजुएलाविरुद्ध पनि आर्थिक प्रतिबन्धलाई कडा पारेको छ ।
यी दुबै मुलुकहरू भारतमा पेट्रोलियम पदार्थको आपूर्ति गर्ने प्रमुख मुलुकहरू हुन् । अमेरिकाले इरानसँग व्यापारिक सम्बन्ध राख्ने कुनै पनि विदेशी कम्पनी आफैंले सजाय पाउने चेतावनी दिएको थियो । भारतले आफ्नो देशले प्रगतिरोधक नीतिमा विश्वास नगर्ने र विदेशी मुलुकबाट शासित नहुने भारतको भनाई छ । भारत र इरानबीच सन् २०१६/०१७ मा १२ अर्ब ९० करोड अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार भएको थियो ।