मेगराज खड्का
रुकुम, ११ जेठ । द्वन्दको समयममा चपेटामा परेका जनतासँग सम्बन्ध सुधार गर्न नेपाली सेनाले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा अस्पताल बनाएको छ । सेनाले अस्पताल बनाएसँगै जनतामा खुसी मात्र हैन सेना प्रतिको बुझाईमा समेत सुधार आएको छ ।
तत्कालिन माओवादी र राज्यपक्षको दोहोरो चपेटामा परेका जनतासँग सम्बन्ध सुधार गर्न नेपाली सेनाले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३, खारामा अस्पताल बनाएको हो । सेनाले अस्पताल स्थानीय तहलाई हस्ताणतरण गरेपछि जनतामा खुसी मात्र हैन सेना प्रतिको बुझाईमा सुधार आएको छ । अर्कोतर्फ सामान्य उपचारको लागि सदरमुकाम धाउनुपर्ने स्थानीयको बाध्यता समेत हटेको छ ।
द्वन्दको समयमा जनतासँग चिसिएको सम्बन्धमा सुधार गर्न र स्थानीयलाई गाँउमै स्वास्थ्य सेवा दिन अस्पताल बनाएको सेनाको भनाइ छ । गाउँपालिकाले अस्पताल संचालनका लागि आवश्यक उपकरण खरिद गरेर जनतालाई छिट्टै स्वास्थ्य सेवा दिने तयारी गरेको छ ।
५ सैयाको अस्पताल नेपाली सेना देवी दल गणको ११ लाख र स्थानीयको ९ लाख बराबरको श्रमदानमा बनाइएको हो ।




