विद्युत उत्पादनको लागि चाईनिज कम्पनी जोङदिङ ईन्टरनेशनल ईन्जिनिरियङ लिमिटेडको लगानी | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

विद्युत उत्पादनको लागि चाईनिज कम्पनी जोङदिङ ईन्टरनेशनल ईन्जिनिरियङ लिमिटेडको लगानी

bidhut

काठमाडौं, १० जेठ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ स्थित् याम्बालिङ् खोलामा ७ दशमलब २७ मेगावाट विद्युत उत्पादनको लागि चाईनिज कम्पनी जोङदिङ ईन्टरनेशनल ईन्जिनिरियङ लिमिटेडले लगानी गर्ने भएको छ ।

काठमाडौंमा बुधबार याम्बालिङ् हाईड्रोपावर प्रा.लिले पत्रकार सम्मेलन गरी आयोजनाबारे जानकारी दिएको हो । याम्बालिङ् हाईड्रोपावर प्रा.लिका अध्यक्ष कमानसिंह लामाले आगामी दुई वर्षभित्र आयोजना सम्पन्न हुने दाबी गरेका छन् । १ अर्ब २० करोडको लागतमा बन्ने आयोजनासँगै थप ४० मेगावाट विद्युत आयोजना सम्पन्न गर्नेगरी रकम समेत तोकिएको अध्यक्ष लामाले जानकारी दिए ।

मुलुकको आर्थिक विकास र समृद्धिको अभियानलाई सफल पार्न स–साना आयोजना निर्माण गरेरै भएपनि सरकारलाई साथ दिने आयोजनाले लक्ष्य लिएको छ । यो सँगै थप ४० मेगावाटको निर्माणको लागि समेत समझदारीमा हस्ताक्षर भएको छ । कुल लागत ८ अर्ब २० करोड लगानीसहित ९ अर्ब ४० करोड नेपाली रुपैयाँ पहिलो र दोस्रो योजनामा लगानी गर्ने सहमति भएको छ ।

याम्बालिङ् हाईड्रोपावर निमार्णका लागि स्वदेशी लगानीतर्फ कुमारी बैंकको नेतृत्वमा आयोजना अघि बढाईनेछ ।