वैकल्पिक लोकमार्गको आडमा तयारी गिट्टी भारत निकासी | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

वैकल्पिक लोकमार्गको आडमा तयारी गिट्टी भारत निकासी

baluwa nikashi

काठमाडौं, २५ बैशाख । त्रियुगा नगरपालिका ७ चुहाडेमा धरान चतरा गाईघाट कटारी सिन्धुली हेटौंडा सडक आयोजना पुर्वी खण्ड निर्माण सामग्री प्रशोधन प्लान्ट लेखिएको बोर्ड झुन्डिएको छ ।

बोर्डको पछाडीपट्टि ठुलो प्लान्ट क्रसर उधोग सञ्चालित छ ।  चुरे वनसँगै टाँसिएर सञ्चालित क्रसर उधोथको अभिलेख जिल्ला  घरेलु तथा साना उधोग कार्यालय उदयपुर गाईघाटमा छैन । जिल्ल घरेलु तथा साना उधोग कार्यालय प्रमुख शम्भुप्रसाद साहका अनुसार निर्माण सामग्री प्रशोधन प्लान्टको बोर्डमुनि क्रसर उधोग सञ्चालनमा छ । यो क्रसर उधोग अभिलेख हामीसँगी छैन ।

उनले भने अर्थात् यहाँ सञ्चालित भईरहेको छ । घरेलु विनादर्ता सञ्चालन भईरहेको छ । घरेलु कार्यालयमा दर्ता नभएको उधोगको अनुगमन नियन्त्रण वा कारबाही मैलै गर्न मिल्दैन उनले भने ।, यो खबर आजको नागरिक दैनिकमा छ ।