पर्यटक संख्या बढाउन निजी क्षेत्रका पर्यटन व्यवसायीसँग समन्वय गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

काठमाडौं, ८ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारले पर्यटक संख्या बढाउने लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्रका पर्यटन व्यवसायीसँग समन्वय गर्ने बताएका छन् ।

चन्द्रागिरि हिल्सको बुधबार स्थलगत अवलोकनका क्रममा मन्त्री अधिकारीले सरकारको पर्यटक बढाउने लक्ष्यलाई सार्थक तुल्याउन निजी क्षेत्रले तयार पारेका पर्यटकीय गन्तब्यको प्रवर्द्धनलाई प्राथमिकता दिने बताएका हुन् । पर्यटन क्षेत्रमा राम्रो प्रोडक्ट बनेको र करिब ३० प्रतिशत विभिन्न तवरबाट राज्यले कर प्राप्त गरिरहेको भन्दै उनले यसलाई थप व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

पर्यटन उद्योगको विकासमा निजी क्षेत्रले अग्रसरता नदेखाए यसबाट राज्यले लाभ लिन नसक्दै भन्दै उनले पूर्वाधार निर्माण गरी पर्यटनमैत्री वातावरण सिर्जना गर्न सरकारको पूर्ण साथ रहने प्रतिवद्धता व्यक्त गरे । पर्यटन व्यवसायीले राम्रो अभिभावक पाएको उल्लेख गर्दै मन्त्री अधिकारीले यो क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहभागितालाई बृद्धि गरी प्रशस्त रोजगारी सिर्जना गरिनुपर्नेमा जोड दिए ।

पर्यटनमन्त्री अधिकारीले चन्द्रागिरिजस्ता पर्यटकीय प्रोडक्ट सातवटै प्रदेशका सम्भावना बोकेका क्षेत्रमा विस्तार गर्न आग्रह गरे ।

ताजा समाचार