बालेनको भारत भ्रमणबारे भीम रावलः सार्वभौम स्वतन्त्र देशको संयुक्त भिजन पेपर अरे, बालेन - मोदीले घाँटी जोडेर के गर्ने हुन् ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८३, आइतबार

बालेनको भारत भ्रमणबारे भीम रावलः सार्वभौम स्वतन्त्र देशको संयुक्त भिजन पेपर अरे, बालेन – मोदीले घाँटी जोडेर के गर्ने हुन् ?

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले नेपाल र भारतबीच तयार पारिएको संयुक्त भिजन पेपरको औचित्यमाथि प्रश्न उठाउनुभएको छ ।
प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै टिप्पणी गर्ने क्रममा उहाँले एउटा सार्वभौम र स्वतन्त्र देशले अर्को देशसँग मिलेर संयुक्त भिजन पेपर बनाउनु अनौठो भएको बताउनुभएको हो । ‘एउटा सार्वभौम स्वतन्त्र देशले अर्को देशसँग मिलेर भिजन पेपर बनाउँछ ? कतै सुन्नुभएको छ ? संयुक्त भिजन पेपरमा अब दुईले घाँटी जोडेर के गर्ने हुन् ?’ उहाँले प्रश्न गर्नुभयो । रावलले संयुक्त भिजन पेपरबाट नेपालको राष्ट्रिय हितमा सुखद् परिणाम आउनेमा आशंका व्यक्त गर्नुभयो । भारत भ्रमणबाट प्रधानमन्त्रीले के उपलब्धि हासिल गरेर फर्कनुहुन्छ भन्नेकुरा हेर्नुपर्ने उहाँको भनाइ छ । सरकार अहिले के काम गरिरहेको छ भन्नेकुरा आम नागरिकले अनुभुति गर्न नपाएको उहाँको भनाइ छ । जनताले बुझ्नै नसक्ने गरी अंग्रेजी भाषा घुसाउने र आफूलाई ठूलो देखाउने प्रवृत्ति नयाँ सरकारले देखाइरहेको उहाँको आरोप छ ।

नेता रावलले भारत भ्रमणबाट प्रधानमन्त्री बालेन्द्र साहले के लिएर फर्किनुहुन्छ ? भन्नेकुरा अहिल्यै भन्न नसकिने बताउनु भयो । उहाँले पार्टीको राष्ट्रिय जागरण अभियानमामा देशको अर्थतन्त्र, राजनीति, संस्कृति, समृद्धिबारे सोच्नुपर्ने बताउनु भयो । नेता रावलले हजारौँ मानिसहरु देश छोडेर गइरहेको अवस्थामा सरकारले कस्ता नीति ल्याउँछ र अहिलेसम्म के गरेको छ भन्नेबारेमा जनतालाई त्यसको फेहरिस्त जानकारी गराउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले गेटा अस्पताल राम्रोसँग चल्न नसकेको भन्दै सरकारलाई राम्रोसँग अस्पताल सञ्चालन गर्न आग्रह गर्नुभयो ।

Leave a Reply