चीनमा ११० मानवाकार रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १३ २०८३, शुक्रबार

चीनमा ११० मानवाकार रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान

चीनमा ११० वटा मानवाकार रोबोटले एकैसाथ नृत्य प्रश्तुत गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । चीनको पूर्वी शान्दोङ प्रान्तस्थित जिनान सहरमा अक्टोबर २४ मा ती रोबोटले पाँच मिनेटभन्दा लामो समयसम्म सामूहिक नृत्य प्रदर्शन गरेका हुन् । उक्त नृत्य प्रदर्शनमा कुनै पनि रोबोटलाई वास्तविक समयमा मानिसले नियन्त्रण गरेका थिएनन् । पूर्वनिर्धारित प्रविधि तथा स्वचालित प्रणालीको प्रयोगबाट रोबोटहरूले एकैसाथ नृत्य प्रस्तुत गरेका थिए ।एकैपटक सबैभन्दा धेरै मानवाकार रोबोटले नृत्य गरेको उक्त प्रदर्शनलाई गिनिज वल्र्ड रेकर्डले विश्व कीर्तिमानका रूपमा मान्यता दिएको छ ।

Leave a Reply

ताजा समाचार