काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ९ बजे बस्ने कृषि तथा प्राकृतिक श्रोत समितिको बैठकमा नार्क अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष एवं कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान १० बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्याय सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान १० बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा बाढी तथा पहिरो प्रभावित जिल्लाहरू (रसुवा, नुवाकोट, धादिङ) मा जनजीवन र पूर्वाधारमा परेको क्षति, पुनस्र्थापना तथा पुनर्निर्माणका सम्बन्धमा,पुनर्निर्माणको लागि आवश्यक लगानी व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ ।
तीन संसदीय समितिको बैठक बस्दै
ताजा समाचार
पुरुष कबड्डीमा नेपाल पराजित
१ घन्टा अघि
चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण
२ घन्टा अघि




