वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौँ ।

वागमती प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रमा आलेमगर मन्त्रीमा नियुक्त हुनुभएको छ । आलेमगरलाई कृषि, पशुपंक्षी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । मन्त्रीमा नियुक्त भएसँगै उनले आज पद तथा गोपनीयताको शपथ लिनुभएको हो । नेकपाको मागअनुसार आलेमगरलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो । यसअघि सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भइसकेका छन् । एमालेका किरण थापा मगर नेतृत्वको वागमती प्रदेश सरकारमा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाबीच सत्तासाझेदारी रहेको छ । आलेमगर यसअघि शालिकराम जम्कट्टेल नेतृत्वको वागमती प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्रीसमेत बन्नुभएको थियो ।

Leave a Reply

ताजा समाचार