बाढीपीडितलाई सरकारले तत्काल विशेष प्याकेज ल्याउनुपर्छ ः मोहन आचार्य | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

बाढीपीडितलाई सरकारले तत्काल विशेष प्याकेज ल्याउनुपर्छ ः मोहन आचार्य

काठमाडौँ । 

नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवाबाढी प्रभावितहरुलाई तत्काल विशेष राहत प्याकेज ल्याउन सरकारसंग माग गर्नुभएको छ ।बिहीवार प्रतिनिधिसभाको वैठकमा उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले बाढीबाट प्रभावित बालबालिकाको शिक्षाका लागि सरकारले विशेष शैक्षिक प्याकेज ल्याउनुपर्ने बताउनुभयो । अभिभावक गुमाएका बालबालिकासँगै अभिभावक भएका परिवारका बालबालिकाको भविष्यसमेत संकटमा परेको उहाँको भनाई छ । होटल, पर्यटन तथा अन्य व्यवसायमा संलग्न व्यवसायीले सम्पत्ति गुमाउनुका साथै ऋणको भारसमेत खेप्नुपरेकोले उनीहरुलको लागी पनि सरकारले विशेष राहत तथा ऋणसम्बन्धी प्याकेज ल्याउनुपर्ने उहाँले बताउनुभयो । उहाँले क्षति भएका क्षेत्रमा बीमा रकम शीघ्र उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो । रसुवाको मुख्य आम्दानीका स्रोत हाइड्रोपावर, पर्यटन र रसुवागढी नाका रहेको उल्लेख गर्दै उहाँले बाढीका कारण त्यहाँका व्यवसायी, कर्मचारी तथा उद्यमी ठूलो संकटमा परेको बताउनुभयो । उहाँँका अनुसार रसुवामा काम गर्ने तथा व्यवसाय सञ्चालन गर्ने करिब ९० प्रतिशत व्यक्ति अहिले सम्पर्कविहीन छन् ।

उहाँले विपद्पछिको उद्धार कार्य पनि प्रभावकारी बन्न नसकेको बताउनुभयो । हाइड्रोपावरका टनेलमा उद्धारका लागि अपनाइएको दृष्टिकोण गलत भएको नागरिकको गुनासो आएको उहाँको भनाई छ । उहाँले सडक सञ्जालबाट विच्छेद भएपछि बाढीप्रभावित क्षेत्रमा राहत पु¥याउन कठिन भएको बताउनुभयो । संघीय र प्रदेश सरकारलाई सडक सञ्जाल तत्काल पुनःस्थापना गर्न उहाँले आग्रह गर्नुभयो । विपद्का कारण रसुवाका नागरिकको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर परेको उहाँको भनाई छ । विगतको भूकम्पपछिको पुनर्निर्माणजस्तो ढिलाइ नगरी विपद्पछिको पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउन पनि उहाँले सरकारसंग माग गर्नुभयो ।

Leave a Reply