काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा अमरेश कुमार सिंहले वर्तमान सरकार प्रधानमन्त्रीको सल्लाकारले चालएको आरोप लगाउनुभएको छ ।विहीवार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले प्रधानमन्त्रीको कार्यकारी अधिकारमा सल्लाहकार तथा सचिवालय हावी भएको आरोप लगाउनुभएको हो । उहाँले सरकार संविधानको मर्म विपरित सञ्चालन भईरहेको आरोप लगाउनुभयो । सांसद सिंहले नेपालको संसदीय व्यवस्थामा प्रधानमन्त्री शासन प्रणाली भएपनि व्यवहारमा ‘सल्लाहकारको शासन’ जस्तो अवस्था देखिएको बताउनुभयो । यस्तो व्यवस्था संविधानको कुन प्रावधानमा आधारित छ ? भन्दै प्रश्न उठाउनुभयो । प्रधानमन्त्रीको सचिवालयबाट कर्मचारी तथा सुरक्षा निकायका प्रमुखमाथि पटक पटक दबाब दिने गरेको आरोप लगाउनुभयो । सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई राति बोलाएर रेड नोटिस जारी गर्न दबाब दिएको उहाँको भनाई छ ।
प्रहरी नेतृत्वलाई समेत अपमानित गरिएको उहाँले बताउनुभयो । उहाँले सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुगेको टिप्पणी पनि गर्नुभयो । उहाँले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता संविधानका प्रमुख आधार भएपनि सरकारले त्यसमाथि निरन्तर प्रहार गरिरहेको उहाँको भनाई छ ।उहाँले मधेशी समुदायमाथि पनि सरकारले निरन्तर विभेद गरिरहेको आरोप लगाउनुभयो । सरकारी नियुक्तिमा समावेशिताको सिद्धान्त पालना नभएको उहाँको भनाई छ । उहाँले पछिल्लो समय न्यायालय, कर्मचारी र सञ्चारकर्मीलाई धम्की दिने प्रवृत्ति बढेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्रीको सल्लाकारले भारतीय रअ प्रमुखलाई भेटेको पनि दाबी गर्नुभयो । तर उक्त भेटलाई सार्वजानिक नगरेको आरोप लगाउनुभयो । उहाले वर्तमान सरकारलाई नाश गर्न एउटै सरकार काफी रहेको बताउनुभयो ।उहाँले सरकार सचिवालय र सल्लाहकारप्रति नभई संसद र जनप्रतिनिधि र संसदप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो ।




