जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा गरिवमाथि मात्र प्रहार नगरियोस्ः मनिष झा | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा गरिवमाथि मात्र प्रहार नगरियोस्ः मनिष झा

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले डोजर प्रहार गरिव र निमुखाको आवासमा मात्र नभई सबैमाथि समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अतिक्रमण हटाउन २०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार लिइएको उल्लेख समेत गर्नुभयो ।

सांसद झाले जनकपुरको ९ सय ५० बिघा अतिक्रमिक जमिन संरक्षण गर्ने सवालमा सरकार सफल र सजग हुनुपर्नेमा जोड दिनुभयो ।सरकारले शनिवारदेखि पोखरीको डिल खाली गराउन शुरु गरेको थियो । गुठी संस्थान जनकपुरधामले गिरनारी कुट्टी नजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराएको छ ।

Leave a Reply

ताजा समाचार