कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’

काठमाडौँ । 

नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री र मन्त्रीहरुलाई संसदप्रति उत्तरदायी र जवाफदेही हुन आग्रह गर्नुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले संसद चलिरहेको समयमा मुलुकमा उत्पन्न विषयहरुमा प्रधानमन्त्रीले संसदमार्फत नागरिकलाई सम्बोधन गर्न नचाहाँदा गम्भीर आशंका उत्पन्न भएको बताउनु भयो । उहाँले किन प्रधानमन्त्रीजी पर्दाभित्रबाट देशको शासन चलाउन चाहानुहुन्छ ? उहाँलाई के गाह्रो भयो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्रीले पारदर्शी र उत्तरदायी भएर काम किन कठिनाई भइरहेको छ भन्ने कुरा भन्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले सरकारलाई मुलुक र जनताप्रति उत्तरदायी र जवाफदेही बनाउने कुरामा आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताउनु भयो ।सिटौलाले सरकार मुलुकमा अन्य दुई वटा सरकार छन् भन्ने कुराको समेत हेक्का राख्नुपर्ने बताउनु भयो । उहाँले मधेशमा उत्पन्न तनावको समस्या गर्न मधेस प्रदेश सरकारसँग संघ सरकारले आवश्यक समन्वय गर्न नसकेको बताउनु भयो ।

Leave a Reply