चीन र लाओसबीच सीमापार ईसीजी सञ्जाल विस्तारः मुटुका बिरामीको उपचारमा सहजता | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

चीन र लाओसबीच सीमापार ईसीजी सञ्जाल विस्तारः मुटुका बिरामीको उपचारमा सहजता

चीनको दक्षिण–पश्चिमी प्रान्त युनानस्थित शिसुआङ्बाना दाइ स्वायत्त प्रान्तको मेन्ग्ला काउन्टी पिपुल्स हस्पिटलले उत्तरी लाओसका सातवटा अस्पतालहरूसँग ‘इलेक्ट्रोकार्डियोग्राफ’ (ईसीजी) सञ्जाल विस्तार गरेको छ । डिसेम्बर २०२५ देखि कार्यान्वयनमा आएको यो ’वान ईसीजी नेटवर्क’ मार्फत लाओसका मुटुका बिरामीहरूको स्वास्थ्य परीक्षणमा अत्याधुनिक प्रविधिको प्रयोग शुरु गरिएको हो । यो सञ्जालले लाओसबाट चीनमा वास्तविक समय (रियल–टाइम) मा ईसीजी संकेतहरू पठाउन सम्भव बनाएको छ । प्रणालीमा जडान गरिएको ‘इन्टेलिजेन्ट वन–क्लिक अर्ली वार्निङ’ (बौद्धिक प्रारम्भिक चेतावनी) संयन्त्रका कारण मुटुको गम्भीर अवस्थालाई तत्काल पहिचान गर्न सकिन्छ। यस प्रविधिमार्फत हालसम्म लाओसका १२० भन्दा बढी बिरामीको सफल ईसीजी परीक्षण भइसकेको छ ।
मेन्ग्ला काउन्टी अस्पतालका मुटु रोग विभागका निर्देशक ली गुइपेङकाअनुसार यो रिमोट डायग्नोसिस (दूर–निदान) प्रणालीले हृदय रोगसँग सम्बन्धित आपतकालीन अवस्थाहरूलाई समयमै पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । बिरामीहरूको ज्यान जोगाउने दरमा उल्लेख्य सुधार आएको छ ।
यस सहकार्य अन्तर्गत मेन्ग्ला काउन्टी अस्पतालले लाओसका स्थानीय अस्पतालहरूलाई ईसीजी मेसिन समेत सहयोग स्वरूप उपलब्ध गराएको छ । यो प्रभावकारी सीमापार सहकार्यले जटिल अवस्थाका बिरामीहरूका लागि समयमै उपचार र प्रेषण सेवा सुनिश्चित गरेको छ । जसलाई दुई देशबीचको स्वास्थ्य क्षेत्रको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

Leave a Reply

ताजा समाचार