काठमाडौं ।
प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले सभामुृख डोलप्रसाद अर्यालले आवेशमा आएर आफूले बोल्दै गर्दा माईक काटनु भएको गुनासो गर्नुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा सभामुखज्यूले कान सुन्नुहुन्छ कि हुन्न ? भनि अभिव्यक्ति दिन शुरु गरेपछि सभामुख अर्यालले माईक काट्दै बोल्न रोक लगाउनुभएको थियो । सोही कारण संसद बैठक १५ मिनेटका लागि स्थगित नै गरिएको थियो । संसदको दोस्रो बैठकमा फेरि बोल्ने समय पाउनुभएका सांसद राईले आफूले भनेको शब्द समेत सुन्न नपाई सभामुख अर्यालले आवेशमा आएर माईक काटदा समस्या भएको जिकिर पनि गर्नुभयो । उहाँले आफ्नो सभामुख अर्यालप्रति सधै सम्मान रहेको पनि दोहो¥याउनु भयो । खोज्दै थिए । त्यतिबेला म आत्तिएको थिइन । मैले भनेको शब्द नै सुन्न नपाई सभामुखज्यूले माईक काटिदिनु भयो । यसमा म के भन्न चाहन्छु भने कतिपय कुराहरु आवेगमा आउँदा पनि समस्या हुँदो रहेछ ।’
त्यस अवसरमा सांसद राईले प्रधानमन्त्री बालेन्द्र साहले संसदप्रति उत्तरदायी नभएर विधि मिच्ने काम गरेको आरोप पनि लगाउनु भयो




