समायोजनमा कर्मचारीको अत्तो - एक तह बढुवा र अतिरिक्त भत्ता माग | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

समायोजनमा कर्मचारीको अत्तो – एक तह बढुवा र अतिरिक्त भत्ता माग

samanaya prashan mantralaya

काठमाडौं, १० फागुन । निजामती कर्मचारी संगठनहरुले प्रदेश र स्थानीय तहमा समायोजन गर्दा एक तह बढुवा र आतिरिक्त भत्ता नभएसम्म काममा नजाने अत्तो थापेपछि प्रदेशमा काजमा खटाएका कर्मचारी कार्यक्षेत्र पुगेका छैनन्। प्रदेशमा पठाउँदा सचिवलाई प्रदेश मुख्य सचिव र सहसचिवलाई प्रदेश मन्त्रालयको सचिवको जिम्मेवारी दिएको तर अन्य पदकालाई भने बढुवा नदिएको भन्दै कर्मचारी संगठन प्रदेश र स्थानीय तहमा जान मानेका छैनन्।

कर्मचारी संगठनले सबै कर्मचारीले एक तह बढुवा र आतिरिक्त भत्ता मागेका कारण सरकारलाई स्थायी समायोजन सुरु गर्न र अस्थायी समायोजनका लागि खटाउन कठिन भएको हो। महिनौं पहिले प्रदेश र स्थानीय तहमा सरुवा गरिएका कर्मचारी अटेर गर्दै केन्द्रमै बसेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।