सरकारले पेट्रोलियम पदार्थको कृत्रिम अभाव खडा गर्ने पेट्रोल पम्पहरुमाथि कडा कारबाही गर्नुपर्दछः काँग्रेस सांसद रोकाय | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

सरकारले पेट्रोलियम पदार्थको कृत्रिम अभाव खडा गर्ने पेट्रोल पम्पहरुमाथि कडा कारबाही गर्नुपर्दछः काँग्रेस सांसद रोकाय

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद कृष्णबहादुर रोकायले पेट्रोलियम पदार्थको कृत्रिम अभाव खडा गर्ने पेट्रोल पम्पहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । बिहीवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले पेट्रोलियम पदार्थको मूल्य घट्ने बित्तिकै देशका विभिन्न भागहरुमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव खडा गरिएकाले त्यस्ता पेट्रोल पम्पमाथि तत्काल कारबाही गर्न सरकारलाई सचेत गराउनु भयो । सांसद रोकायले सार्वजनिक यातायात र हवाई उडानको समेत मूल्य समायोजन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

पेट्रोलियम पदार्थको मूल्य घटेकाले सरकारले सार्वजनिक यातायात र हवाई उडानको समेत भाडा घटाउनुपर्ने उहाँको भनाई थियो ।सांसद रोकायले जनताले पेट्रोलियम पदार्थको मूल्य बढदा भार खेप्नुपर्ने तर घटदा राहत नपाउने अन्यायपूर्ण अवस्थाको तत्काल सरकारले अन्त्य गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार