प्रदेश ७ मा पाँच बर्षको अवधिमा ३ हजार बढि भ्रष्टाचारको उजुरी | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

प्रदेश ७ मा पाँच बर्षको अवधिमा ३ हजार बढि भ्रष्टाचारको उजुरी

कञ्चनपुर, ९ फागुन । प्रदेश नम्बर ७ मा पाँच बर्षको अवधिमा ३ हजार बढि भ्रष्टाचारका उजुरी परेका छन् । प्रदेश नम्बर ७ को ९ वटै जिल्लाबाट ३ हजार ६ सय ९९ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ ।

आर्थिक बर्ष २०७०-२०७१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर र डोटीमा स्थापना भएको थियो । स्थापना कालदेखि चालु आर्थिक बर्ष २०७४-०७५ को पुष मसान्तसम्ममा ३ हजार बढि भ्रष्टचारको उजुरी परेकाे अायाेगले जनाएकाे छ ।  आयोगले कञ्चनपुरमा ५ वटा स्टिङ्ग अप्रेसन समेत गरेको छ ।

अख्तियारका अनुसार सबैभन्दा धेरै कैलालीबाट एक हजार ४६, कञ्चनपुरबाट ९ सय ७, डोटीबाट २ सय ९५, दार्चुलाबाट २ सय २५, बैतडीबाट ४ सय ४१, डडेल्धुराबाट २ सय ९६, बझाङ्गबाट २ सय ९, बाजुराबाट १ सय ४, अछामबाट १ सय ६१ र अन्य जिल्लाबाट १४ उजुरी दर्ता भएका छन् ।

उजुरी परेका मध्ये ३ हजार २ सय ६४ फछ्र्यौट भएका छन् । भने ४ सय ३५ उजुरी फछ्र्यौट हुन बाँकी छ । आयोगले १५ वटा मुद्दा विशेष आदालतमा दायर गरेको छ भने भ्रष्टाचार ठहर भएका मुद्दाबाट झण्डै डेढ करोड राजस्व असुुल गरेको छ ।

अधिकांश उजुरी सरकारी कर्मचारीका विरुद्ध परेका छन् । प्रदेश ७ को कञ्चनपुर र डोटीमा अख्तियारको कार्यालय स्थापना भएसंगै आर्थिक अनियमिताको उजुरी बढ्दै गएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);