काठमाडौंमा ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

काठमाडौंमा ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो

काठमाडौँ ।

७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शुक्रवार राजधानीमा प्रभातफेरी गरिएको छ ।
सगरमाथा दिवसको उपलक्ष्यमा शुक्रवार बिहान काठमाडौंमा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । सगरमाथा आरोहणको ऐतिहासिक गौरवलाई स्मरण गर्दै आयोजित उक्त कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले एक–अर्कामा शुभकामना आदानप्रदान गर्दै सगरमाथाको महत्व र यसले नेपालको पहिचानमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।–

Leave a Reply