दुई तिहाई संख्याको आडमा संसदलाई कमजोर बनाउने प्रयास भयोः काँग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८३, बिहीबार

दुई तिहाई संख्याको आडमा संसदलाई कमजोर बनाउने प्रयास भयोः काँग्रेस

काठमाडौँ 

नेपाली काँग्रेसले दुई तिहाई संख्याको आडमा प्रधानमन्त्री बालेन्द्र साहले संसदलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा नेपाली काँग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री संसदप्रति जिम्मेवार नभएको आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री स्वयंले संसदलाई बेवास्ता गरेर लोकतान्त्रिक मूल्य र संसदीय अभ्यास कमजोर बनाइरहेको बताउनु भयो । उहाँले संसद गुरुकुल र विश्वविद्यालयजस्तो हुनुपर्ने भन्ने सत्तापक्षका संसद मनिष झाको अभिव्यक्तिलाई उद्धृत गर्दै प्रधानमन्त्रीले विश्वविद्यालय समान संसदको बंक हान्न थालेको बताउनुभयो ।

प्रधानमन्त्री संसदबाट केही सय मिटर दूरीमै रहेको कार्यालयमा उपस्थित हुँदाहुँदै पनि नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित हुनु दुःखद् भएको उहाँको भनाई छ । नीति तथा कार्यक्रमलाई देशको रोडम्याप भएको उल्लेग गर्नुहुँदै उहाँले प्रधानमन्त्री कै कारण यसमाथी पर्याप्त छलफल हुन नसकेको बताउनु भयो । प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि शुभ संकेत नभएको उहाँको भनाई छ । उहाँले सभामुखसंग प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन रुलिङ गर्न पुन ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply

ताजा समाचार