संयुक्त राष्ट्रसंघकाे महासचिवका लागि चार जनाबीच प्रतिस्पर्धा हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

संयुक्त राष्ट्रसंघकाे महासचिवका लागि चार जनाबीच प्रतिस्पर्धा हुने

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रिया यस पटक असामान्य रूपमा सीमित प्रतिस्पर्धामा देखिएको छ । सन् २०१६ मा १३ जना उम्मेदवारबीच भएको खुला र उत्साहजनक प्रतिस्पर्धाको तुलनामा अहिले केवल चार जना दाबेदार मात्र औपचारिक प्रस्तुतिका लागि अघि आएका हुन्।

हालका महासचिव एन्टोनियो गुटेरेसको कार्यकाल आगामी डिसेम्बर ३१ मा सकिँदैछ । उहाँको उत्तराधिकारी चयनका लागि शुरु भएको प्रक्रिया अन्तर्गत चार उम्मेदवारले संयुक्त राष्ट्र महासभामा सदस्य राष्ट्रहरूसामु आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन् ।

यसपटकको सीमित प्रतिस्पर्धा केवल उम्मेदवार सङ्ख्या घट्नुको घटना मात्र नभएर यसले विश्वव्यवस्थामा देखिएको अस्थिरता, शक्ति सङ्घर्ष र कमजोर हुँदै गएको बहुपक्षीय संरचनालाई प्रतिबिम्बित गरेकाे छ । आगामी महासचिव को बन्छ ? भन्ने प्रश्नसँगै संयुक्त राष्ट्रसङ्घको भविष्य कस्तो दिशातर्फ जान्छ भन्ने ठूलो प्रश्न पनि यही प्रक्रियासँग जोडिएको देखिन्छ ।

Leave a Reply