स्वास्थ्यकर्मीहरूलाई न्यूनत्तम पारिश्रमिक उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

स्वास्थ्यकर्मीहरूलाई न्यूनत्तम पारिश्रमिक उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधाहरु उपलब्ध गराउन निर्देशन दिएको छ ।

मन्त्रालय अन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई पत्र पठाएर गएको कात्तिक १५ गते भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो ।

सहमति अनुसार सेवा सुविधा र न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने भए पनि केही संस्थाहरूले कार्यान्वयन नगरेको गुनासो आएपछि यस्तो निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

सम्झौता अनुसार निजी मेडिकल कलेजहरूले आफ्नो शिक्षण अस्पतालहरुमा कार्यरत नर्सलगायत स्वास्थ्यकर्मीहरुलाई नेपाल सरकारको कम्तीमा पाँचौँ तहको शुरू तलब स्केल अहिलेको ३४ हजार ७ सय ३० कात्तिक महिनादेखि नै दिने र अन्य निजी तथा सामुदायिक अस्पतालहरू तथा डेण्टल कलेजहरुले अहिलेको तलब ३४ हजार ७ सय ३० को ८० प्रतिशत तलब उपलब्ध गराउनुपर्ने भनिएको थियो ।

मन्त्रालयले सम्बन्धित निकायहरूलाई अनुगमन गरी सहमति कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेको छ ।

Leave a Reply

ताजा समाचार