काठमाडाैं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा १४ हजार ६ सय रूपैयाँले बढेको छ भने चाँदी पनि तोलामा चार सय १५ रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार पाँच सय र त्यति नै परिमाणको सेतो धातु चाँदीको मूल्य चार हजार नाै सय २० रूपैयाँ कायम भएको छ ।
हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७३ हजार नाै सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार पाँच सय पाँच कायम भएको थियो ।





