गगन थापाले दिए सभापति पदबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

गगन थापाले दिए सभापति पदबाट राजीनामा

काठमाडाैं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको छ । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाउनु भएको हो ।

तर, राजीनाबारे ६ चैतमा बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा औपचारिक रूपमा छलफल भएपछि निर्णय हुनेछ । राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने विषय केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ । २७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।

त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।

 

Leave a Reply