काठमाडाैं । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। अहिलेसम्म ६२ निर्वाचन क्षेत्रको मतगणना सुरू भएको छ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ४७ स्थानमा अग्रता लिइरहेको छ। नेपाली कांग्रेस र नेकपा एमालेल ५–५ निर्वाचन क्षेत्रमा अग्रता लिएका छन्। नेकपा एमालेका भानुभक्त ढकालले तेह्रथुम – १ बाट २ हजार ४८० मतसहित अग्रता लिइरहेका छन्।
नेपाली कांग्रेसका सन्तोष सुब्बाले २ हजार ३१७ मत सहित पछ्याइरहेका छन्। रास्वपाका सुरेन्द्र कार्की १ हजार ९ सय ७१ मतसहित तेस्रो स्थानमा छन्।
चितवन १ मा नेकपा एमालेका दावा दोर्जे लामा अगाडि छन्। उनले हालसम्म ३९८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका राजेन्द्रप्रसाद वुर्लाकोटी ३३२ र रास्वपाका हरि ढकाल २६१ मत ल्याएका छन्।
मुस्ताङ १ मा नेकपा एमालेका इन्द्र धारा डादु विष्टले अग्रता लिइरहेका छन्। उनले हालसम्म २ हजार ५५७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका योगेश गौचन थकालीले १ हजार ३२३ मत सहित पछ्याइरहेका छन्। अघिल्लो निर्वाचनमा योगेश मुस्ताङबाट विजयी भएका थिए।
रूपन्देही ४ मा पनि नेकपा एमालेका प्रमोदकुमार यादवले अग्रता लिएका छन्। उनले ३ हजार ९११ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका आशुतोष मिश्रले ३ हजार १ सय ७२ मत सहित पछ्याइरहेका छन्।
बाँके २ मा पनि नेकपा एमालेका मोहम्मद इश्तियाक राईले अग्रता लिइरहेका छन्। उनले हालसम्म ४ हजार ९२७ मत पाएका छन्। नेपाली कांग्रेसका सुधान्सु कोइरालाले ३ हजार ९८४ मत प्राप्त गरेका छन्।





