रास्वपाले खाता खाेल्याे, काठमाडाैं-१ बाट रञ्जु दर्शना विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

रास्वपाले खाता खाेल्याे, काठमाडाैं-१ बाट रञ्जु दर्शना विजयी

काठमाडाैं ।  काठमाडाैं-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनाले विजय हासिल गरेकी छन् । उनले १५ हजार ४५५ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। औपचारिक घाेषणा हुन भने बाँकी छ ।

दर्शनाका निकटत्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन् ।

यसअघिका निर्वाचनमा कडा टक्कर दिँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याएर तेस्राे स्थानमा छन् भने चौथो स्थानमा रहेका नेकपा एमालेका मोहन रेग्मीले १ हजार ६१८ मत प्राप्त गरेका छन्।

Leave a Reply